काठमाडौं : नेपालमा कोरोना ओमिक्रोनकाे नयाँ भेरिएन्ट फेला परेको छ। अत्यधिक संक्रामक मानिएको ओमिक्रोनको उपप्रजाति बीएफ.१ फेला परेको हो।धुलिखेल अस्पतालमा गरिएको २२ वटा आनुवंशिक नमुना परीक्षणमा ओमिक्रोनका विभिन्न उपप्रजातिहरु देखिएको अस्पतालका डाक्टर राजीव श्रेष्ठले थाहा खबरलाई जानकारी दिए। उनका अनुसार तीमध्ये २ वटामा बीएफ.१ र ६ वटामा बीए.५ उपप्रजाति पुष्टि भएको छ।अस्पतालमा अझै ८ वटा नमुना परीक्षणका क्रममा रहेका श्रेष्ठले बताए। अहिलेसम्म नेपालमा कोरोनाको प्रजाति तथा उपप्रजात