चुनावी सभा कि आरोप प्रत्यारोप मञ्च ?

माधव बेल्वासेचन्द्रौटा : ठूलाठूला साउन्ड सिष्टममा गीत घन्काउँदै। मोटरसाइकलमा युवाहरूको र्‍यालीसहित शक्ति प्रदर्शन। मङ्सिर ४ गते हुने निर्वाचनको अहिले यस्तै भइरहेको छ। उम्मेदवारहरूले आफूले जित्ने दाबी गर्दै मतदाताको घरघरमा मात्र होइन खेतबारीमा पुगेर मतदाता फकाइरहेका छन्।कपिलवस्तुको क्षेत्र न. ३ मा दैनिकजसो चुनावी सभा हुने गरेका छन्। चुनावी सभामा उम्मेदवारहरूले आफ्ना एजेन्डाभन्दा पनि विपक्ष दलका उम्मेदवारलाई आरोप लगाउने गरेका छन्। क्षेत्र तथा गाउँका विकासका कामको विषयमा नबोल्ने उम्मेदवारले विप