काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले फुलहमलाई ३–० गोल अन्तरले हराएको छ। गएराति भएको खेलमा आर्सनलले फुलहमलाई हराएको हो। जितसँगै आर्सनलले ६६ अङ्क जोडेको छ । म्यानचेस्टर सिटी ६१ अङ्कका साथ दोस्रो स्थानमा छ।तेस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड भने साउथह्याम्टनसँग गोलरहित बराबरीमा रोकिएको छ।गएरातिको खेल बराबरी भएसँगै युनाइटेडले अङ्क बाँडेको छ । उसको ५० अङ्क छ। यस्तै, गएराति नै भएका अन्य खेलमा वेस्टह्याम र एस्टन भिल्लाले एकएकको बराबरी खेलेका छ