राष्ट्रपति उपस्थित हुन नमानेपछि शीतल निवासको साटो सर्वोच्चमै गराइयो महान्यायाधिवक्ताको शपथ

राष्ट्रपतिले शपथ ग्रहण समारोहमा उपस्थित हुन अस्वीकार गरेपछि नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई सर्वोच्च अदालतमा नै शपथ ग्रहण गराइएको छ । महान्यायाधिवक्ताको शपथ राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले गराउने व्यवस्था छ । निवर्तमान महान्यायाधीवक्ता रमेश बडाललाई शीतल निवासमा राष्ट्रपति भण्डारीकै उपस्थितिमा शपथ गराइएको थियो । राष्ट्रपतिले उपस्थिति जनाउन अस्वीकार गरेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले खातीलाई शुक्रवार दिउँसो सर्वोच्च अदालतमै शपथ ग्रहण गराएका हुन् । खातीलाई प्रधानमन्त्री शेरबहादुर देउवा...