एनआरएनए विवाद नयाँ मोडमाः  पन्त नेतृत्वको वर्तमान कमिटी विघटन

गैरआवासीय नेपाली संघ (एनआरएनए)को वर्तमान कार्यसमिति विघटन गरिएको छ । परराष्ट्र मन्त्रालयले एनआरएनएलाई एक पत्र पठाउँदै वर्तमान कुमार पन्त नेतृत्वको कमिटीलाई विघटन गरी निर्वाचन संरक्षक समितिलाई नयाँ निर्वाचन गराउन अधिकार प्रत्यायोजन गरेको एनआरएनए उच्च स्रोतले रातोपाटीलाई बतायो । परराष्ट्रको पत्रपछि एनआरएनएले आन्तरिक छलफल थालेको छ भने सो पत्रमा एनआरएनएले कुनै रेस्पोन्स नपठाएको बुझिएको छ । मन्त्रालयले एनआरएनएलाई आइतबार पत्राचार गरेको थियो । प्रतिनिधि चयनमा धाँधली भएको भन्दै कुल आचार्य