काठमाडाैं : एएफसी एसियन कप छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीले प्रशिक्षक अबदुल्लाह अलमुताईरीको बारम्बार दबाबका कारण क्याम्प छाड्नु परेको बताएका छन्।राजधानीमा बिहीवार पत्रकार सम्मेलन गरेर मुख्य प्रशिक्षक अलमुताइरीले न्यूनतम सेवा सुविधाका लागि माग राख्दा बारम्बार दबाब दिएर क्याम्प छाड्न बाध्य पारेकाे बताएका हुन्।नियमित कप्तान किरण चेम्जोङको अनुपस्थितिमा रोहित चन्दले नेतृत्व गरिरहेको टोलीमा न्यूनतम सेवा सुविधा उपलब्ध गराउन माग राखेको विषयमा प्रशिक्षकले आफूमाथि निरन्तर दबाब दिएकाे उन