पुँजीबजारको विकासका लागि नियामक निकाय स्वायत्त हुनुपर्छ – धितोपत्र बोर्ड अध्यक्ष हमाल

अध्यक्ष हमालले पुँजी बजारलाई जुवाघर भन्नु गलत भएको बताएका छन् । उनले पुँजी बजारलाई जुवाघर भन्नु गलत भएको र बुझाइमा पनि कमी भएको धारणा राखेका हुन् ।

सम्बन्धित सामग्री

२०७८ सालमा ३ करोड २० लाख कित्ता आईपीओ निष्कासन

वैशाख ३, काठमाडौं । विसं २०७८ सालमा ११ ओटा कम्पनीका कुल ३ करोड २० लाख ७८ हजार ५४० कित्ता आईपीओ सार्वजनिक निष्कासनमा आएको छ । छ ओटा हाइड्रोपावर कम्पनी,चार  ओटा लघुवित्त कम्पनी र एउटा लगानी समूहका कम्पनीले आईपीओ निष्कासन गरेका हुन् ।  ११ ओटा कम्पनीमध्ये सबैभन्दा बढी साहस उर्जा कम्पनीले १ करोड ५ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । कम्पनीले उक्त शेयर स्थानिय बासिन्दा र सर्वसाधारणको लागि निष्कासन गरेको छ । त्यसैगरी दोस्रोमा ग्रीन भेञ्चर्स लिमिटेडले ६२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । उक्त  कम्पनीले पनि स्थानीय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन गरेको हो । ती कम्पनीमध्ये रिभर फल्स पावर लिमिटेडले गत चैत २७ गते पहिलो चरणमा आयोजना प्रभावित स्थानीय वासिन्दाहरुका लागि आईपीओ विक्री खुला गरिरहेको छ । कम्पनीले स्थानीयमा जारी पूँजी रू.७० करोडको १० प्रतिशतले हुन आउने प्रतिशेयर रू. १०० अंकित मूल्यका कुल ७ लाख कित्ता आईपीओ विक्री खुला गरेकोे हो ।  स्थानीयलाई छुट्याएको शेयर सम्पूर्ण विक्री नभएमा उक्त विक्री नभएको शेयर समेत समायोजन गरी सर्वसाधारण (सामूहिक लगानी कोष तथा कर्मचारीमा समेत) निष्कासन गर्ने कम्पनीले जानकारी दिएको छ ।  स्थानीयले छिटोमा वैशाख ११ गतेसम्म यो आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन्।  उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा वैशाख २६ गतेसम्म यो आईपीओ विक्रीमा रहने कम्पनीले जानकारी दिएको छ । आईपीओ खरीदका लागि प्राइम कमर्सियल बैंकका खाँदवारी, तुम्लिङटार, सभापोखरी, प्रभु बैंकको खाँदवारी शाखा, ग्लोबल आइएमई बैंकको खाँदवारी, चैनपुर शाखा, रिभर फल्स पावरको आयोजना कार्यालय, संखुवासभाबाट आवेदन दिन सकिने व्यवस्था छ । यी सँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । विगतका वर्षहरुमा भन्दा यस वर्ष चाहि कम कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएका छन् । बीचको सम यमा नियामक निकाय नेपाल धितोपत्र बोर्ड अध्यक्ष बिहिन भएकाले नयाँ कम्पनीले आईपीओ निष्कासन प्रक्रियाको स्वीकृती पाउन ढिला हुँदा अघिल्लो वर्षभन्दा गत वर्ष २०७८ सालमा कम कम्पनीले आईपीओ निष्कासन गरेका हुन् । २०७८ सालमा आईपीओ निष्कासन गर्न अनुमति पाएका ११ ओटा कम्पनीहरु :   स्रोत : नेपाल धितोपत्र बोर्ड  दुई ओटा कम्पनीको आईपीओ हाल निष्कासनमा  त्यसो त स्वीकृती पाएको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको वैशाख २ गतेदेखि आईपीओ निष्कासन भएको छ । कम्पनीले ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले कुल कित्तामध्ये ६ हजार २ कित्ता कर्मचारीको लागि,१९ हजार ७६६ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन बन्द मिति छिटोमा वैशाख ६ गतेसम्म रहेको छ । सो समय अवधिमा आईपीओ विक्री नभएमा वैशाख १६ गतेसम्म आवेदन दिन पाउने कम्पनीले जानकारी दिएको छ । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले मेरो शेयर सफट्वेयरबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी विन्ध्यबासिनी हाइड्रोपावर वेशाख ११ गतेदेखि स्थानीय बासिन्दाका लागि निष्कासन गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १० लाख कित्ता आईपीओ निष्कानस गर्न लागेको हो । आईपीओ निष्कासन बन्द मिति छिटोमा वैशाख २५ रहेको छ । सो अवधिमा सम्पूर्ण शेयर विक्री नभएमा जेठ ९ गतेसम्म आवेदन दिन पाइने छ । उता आईपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डबाट स्वीकृती पाएको दोर्दी खोला जलविद्युत् कम्पनीले भने शुक्रवारसम्म मिति तय गरेको छैन ।

धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तिका लागि पुनः आवेदन माग

१५ पुस, काठमाडौं । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि छनोट समितिले पुनः आवेदन माग गरेको छ । यस अघि ११ जनाले अध्यक्ष बन्न आवेदन दिएका थिए । तर मन्त्रिस्तरबाट छनोट समिति बनाउन नमिल्ने भन्दै समिति नै विघटन गरिएको थियो । मन्त्रिपरिषद् बैठकले नयाँ छनोट समिति बनाएपछि पुनः प्रक्रिया शुरु भएको […]

धितोपत्र बोर्ड अध्यक्ष छनोट समिति निष्क्रिय, चार महिनादेखि नेतृत्वविहीन

पुँजी बजार क्षेत्रको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोट समिति निष्क्रिय भएपछि बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया नै अलमलमा परेको छ । अर्थ मन्त्रालय र छनोट समितिबीच तालमेल नमिल्दा बोर्ड अध्यक्ष...

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रियामा विवाद

२८ मंसिर, काठमाडौं । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियामा विवाद देखिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलको संयोजकत्वमा गठित समितिले छनोटसम्बन्धी काम अघि बढाइसकेपछि समितिको संयोजक को रहने भन्ने विषयमा विवाद देखिएको हो । धितोपत्र ऐन २०६३ अनुसार, राष्ट्रिय योजना आयोगको सम्बन्धित विषय हेर्ने सदस्यको संयोजकत्वमा अर्थसचिव […]