भ्यालेन्टाइन डे (१४ फब्रुअरी) अर्थात् प्रेम दिवस । विशेष गरी युवायुवतीले यो दिन विशेष चाडकै रूपमा मनाउँछन् । नेपालमा पनि पछिल्लो केही वर्षयता यो दिन विशेष रूपले मनाउने गरिन्छ । प्रेमी–प्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्साउने र आफूलाई मनपरेको व्यक्तिसमक्ष प्रेम प्रस्ताव राख्ने दिनको रूपमा पनि यो दिन चर्चित छ ।प्रेम दिवसको अवसर पारेर नेपाली कला क्षेत्रमा पनि विभिन्न म्युजिक भिडियो, फिल्मको अलावा फोटो सुट समेत गर्ने गरिएको छ । यसै अवसरमा गायिका रेखा शाह र मोडल तथा अन्तर्र