महाभियोग सिफारिस समितिले मगायो चोलेन्द्रको सम्पत्ति विवरण

३० भदौ, काठमाडौं । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सम्पत्ति विवरण समेत अध्ययन गर्ने भएको छ । विहीबारको बैठकले न्यायपरिषदको सचिवालयबाट जबराको सम्पत्ति विवरण र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट उनको परिवारका सदस्य र नातेदारमाथिको छानबिनको फाइल मगाउने निर्णय गरेको हो । अनलाईनखबरले संकलन गरेको विवरण अनुसार, २०५३ सालमा पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीशको […]