फागुनमा तेह्र अर्बले बढ्यो आयात

पछिल्ला महिना घट्दो क्रममा रहेको आयात फागुनमा भने उकालो लागेको छ । भन्सार विभागका अनुसार फागुनमा करिब १३ अर्ब रुपियाँले आयात बढेको छ । माघमा एक खर्ब २६ अर्ब ४९ करोड रुपियाँको वस्तु आयात भएकामा फागुनमा एक खर्ब ३९ अर्ब २२ करोड रुपियाँको आयात भएको विभागको तथ्याङ्क छ । विदेशी मुद्राको सञ्चिति खस्किँदै गएपछि गत वैशाखदेखि सरकारले विभिन्न १० वटा वस्तुको आयातमा लगाएको प्रतिबन्धका कारण आयात व्यापार घट्दो क्रममा थियो । विदेशी मुद्राको सञ्चितिमा सुधार भएपछि पुसदेखि प्रतिबन्ध फुकुवा गरिएकामा त्यसको दुई महिनापछि आयात बढेको हो ।

सम्बन्धित सामग्री

१५ महिनापछि बढ्यो आयात

बजारमा वस्तुको मागसँगै निरन्तर घट्दै गइरहेको आयात व्यापारमा १५ महिनापछि सुधार आएको छ । बजारमा चाडपर्वकेन्द्रित माग बढेपछि आयातमा समेत वृद्धि भएको अर्थशास्त्रीहरूको विश्लेषण छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा आयात अघिल्लो...

विद्युतीय गाडीमा आकर्षण : ९ महीनामा ६६ % ले बढ्यो आयात, औसत मूल्य २८ लाख रुपैयाँ

काठमाडौं । पछिल्लो समय विद्युतीय गाडी (Electric Vehicles) को आकर्षण बढेको छ । भन्सार विभाग (Department of Customs)को तथ्यांकअनुसार गत साउनदेखि चैत मसान्तसम्म नेपालले ६ अर्ब ८४ करोड ७ लाख ९० हजार रुपैयाँ बराबरको २ हजार ४५१ ओटा विद्युतीय गाडी (EV) आयात गरेको छ । गाडी आयातको संख्याका आधारमा यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले ४ अर्ब २९ करोड ६६ लाख ३१ हजार रुपैयाँ बराबरको १ हजार ४७३ ओटा विद्युतीय गाडी आयात गरेको थियो ।  यो वर्ष नेपालमा आयात भएका गाडीको औषत मूल्य करीब २८ लाख रुपैयाँ परेको छ । गत वर्ष आयात भएका गाडीको औसत मूल्य २९ लाख रुपैयाँभन्दा बढी रहेको थियो । नेपालमा विद्युतीय गाडीको आकर्षण बढेसँगै सस्तो मूल्यका गाडी आयात बढ्दा औसत मूल्य घटेको भन्सार विभागको भनाइ छ । नेपालले चीन, भारत, इन्डोनेसिया, कोरिया, संयुक्त राज्य अमेरिका लगायतका मुलुकबाट विद्युतीय गाडी आयात गर्ने गरेको छ ।  भारतबाट सर्वाधिक भित्रिए पछिल्लो ९ महीनामा नेपालले सबैभन्दा बढी विद्युतीय गाडी भारत (India)बाट आयात गरेको छ । भारतपछि नेपालले चीन (China) बाट ठूलो परिमाणमा गाडी आयात गरेको छ । चालू आवको ९ महीनामा नेपालले भारतबाट ४ अर्ब ७१ करोड ९८ लाख रुपैयाँ बराबरको १ हजार ७ सय ५५ थान विद्युतीय गाडी भित्र्याएको छ । सो अवधिमा चीनबाट १ अर्ब ८ करोड ५१ लाख रुपैयाँको ४२९ ओटा विद्युतीय सवारी आयात भएका छन् । सरकारले पछिल्लो ९ महिनामा २ हजार ४५१ विद्युतीय सवारीसाधन आयातबाट १ अर्ब ९० करोडभन्दा बढी राजस्व सङ्कलन गरेको भन्सार विभागले तथ्याङ्क छ ।

चुनावी उपभोगले कात्तिकमा बढ्यो आयात

केही महिनादेखि मासिक रूपमा घट्दै गइरहेको आयात कात्तिकमा भने बढेको छ । चाडपर्व तथा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा उपभोग बढ्दा त्यसको दबाब आयातमा परेको हो । भन्सार विभागले बुधबार सार्वजनिक गरेको...

भाइमसलादेखि झिलिमिली बत्तीको मूल्य बढ्यो, आयात प्रतिबन्धले व्यवसायी निराश

तिहारलक्षित उपभोग्य सामग्रीको बजार मूल्य बढेको छ । तिहार आउन एक साता मात्र बाँकी रहँदा बजारमा भाइमसलादेखि झिलिमिली बत्तीको माग बढ्न थालेको छ । तर, आयातमा लगाइएको प्रतिबन्धले पर्याप्त सामान नपाउँदा मूल्य...

लगातार किन बढ्यो आयात ? यसो भन्छ केन्द्रीय बैङ्क

काठमाडौँ । निर्यातको तुलनामा आयातको मात्रामा उल्लेख्य वृद्धि हुँदा मुलुकको व्यापार घाटा चुलिएको छ । नेपाल राष्ट्र बैङ्कले आज प्रतिनिधिसभाको अर्थ समितिमा पेस गरेको विवरणअनुसार चालु आवको ११ महिनामा कूल व्यापार घाटा रु १५ खर्ब ७७ अर्ब ३९ करोड बराबर पुगेको छ । यस अवधिमा कूल वस्तु आयात २७.५ प्रतिशतले वृद्धि भएको छ । यस […]

लगातार किन बढ्यो आयात ? यसो भन्छ केन्द्रीय बैंक

निर्यातको तुलनामा आयातको मात्रामा उल्लेख्य वृद्धि हुँदा मुलुकको व्यापार घाटा चुलिएको छ । नेपाल राष्ट्र बैंकले आज प्रतिनिधिसभाको अर्थ समितिमा पेश गरेको विवरणअनुसार चालु आवको ११ महिनामा कूल व्यापार घाटा रु १५ खर्ब ७७ अर्ब ३९ करोड बराबर पुगेको छ । यस अवधिमा कूल वस्तु आयात २७.५ प्रतिशतले वृद्धि भएको छ । यस आधारमा कूल …

लगातार किन बढ्यो आयात यसो भन्छ केन्द्रीय बैंक

काठमाडौँ, २७ असार । निर्यातको तुलनामा आयातको मात्रामा उल्लेख्य वृद्धि हुँदा मुलुकको व्यापार घाटा चुलिएको छ । नेपाल राष्ट्र बैंकले आज प्रतिनिधिसभाको अर्थ समितिमा पेश गरेको विवरणअनुसार चालु आवको ११ महिनामा कूल व्यापार घाटा रु १५ खर्ब ७७ अर्ब ३९ करोड बराबर पुगेको छ । यस अवधिमा कूल वस्तु आयात २७.५ प्रतिशतले वृद्धि भएको छ […]

३२ प्रतिशतले बढ्यो आयात , ९ महिनामै १३ खर्ब व्यापार घाटा

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०७८/७९ को ९ महिनामा कुल वस्तु आयात ३२ प्रतिशतले बढेको जनाएको छ । राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउनदेखि वैशाखसम्म आयात ३२ प्रतिशत बढेर १४ खर्ब ६६ अर्ब पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा १३.१ प्रतिशतले आयात बढेको थियो । यस वर्ष भारत, चीन तथा अन्य […]

दसैँमा दोब्बरले बढ्यो आयात

मुख्य चाडबाडको समय र कोभिड–१९ सङ्क्रमण दर पनि न्यून हुँदै गएपछि अन्तर्राष्ट्रिय व्यापारमा व्यापक वृद्धि भएको छ । नेपालीको मुख्य चाडबाड दसैँको महिना अर्थात् असोजमा मात्रै अन्तर्राष्ट्रिय व्यापारको आकार दुई खर्ब रुपियाँ नजिक पुगेको छ । भन्सार विभागको असोजसम्मको व्यापार तथ्याङ्कअनुसार आयात र निर्यात दुवैमा भएको वृद्धिले समग्र व्यापार बढेको देखिन्छ । तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष २०७८/७९ को तीन महिनासम्म नेपालले चार खर्ब ७८ अर्ब रुपियाँको वस्तु आयात गरेको छ जुन अघिल्लो आवको तीन महि