कालो बादल देखेपछि बाढीको त्रासमा रातभर जाग्राम

७० वर्षिया मंग्रा धुनियाले थाहा पाउँदा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मर्चवारमा पर्ने भर्थापुर गाउँ दानव नदीको पश्चिममा थियो । उहाँका अनुसार सुरुमा दानव नदी हालको बस्तीको पूर्वबाट बग्थ्यो । जहाँ अहिले पानी निकासका लागि नहर छ । यो भागबाट नदीले कटान तीव्र पारेपछि बस्ती आधा किलोमिटर भन्दा टाढा पश्चिममा पुग्यो । बस्ती सरेपछि दानव नदीले पनि आफ्नो बाटो बदल्यो ।