शारदा नगरपालिका–९ सुनचौरका ८३ वर्षीय हर्कबहादुर बस्नेत सधैं भत्ताका लागि छोरा टेकबहादुर बस्नेतलाई लिएर झन्डै दुई घण्टा हिँडेर सदरमुकाम आउन बाध्य थिए । उनलाई वडा कार्यालयले मेघा बैंकमा खाता खोल्न लगाएको थियो । तर भत्ता बुझ्न आउँदा सधैं भीडभाड हुने । उनले भने, ‘बैंकमा पनि भत्ता लिन पालो पाउन गाह्रो थियो ।’