पछिल्लो समय सहकारी संस्थाहरुमा बिग मर्जरको लहर देखिएको छ । गत साता मात्र झण्डै २ दर्जन सहकारी संस्थाहरु मर्जरमा जानेगरी सहमति गरेका छन् । यस्तैमा शनिबार मात्र ११ वटा सहकारी संस्थाहरु मिलेर एउटै संस्था बन्ने घोषणा भएको छ । काठमाडौंको न्युरोड स्थित शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था, बालाजु स्थित मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था, बागबजार स्थित सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था, चाबहिल स्थित लक्ष्यराइज बचत तथा ऋण सहकारी संस्था, तारकेश्वर स्थित योजना बहुउद्देश्यीय सहकारी संस्था, कलंक