सप्तरी - सप्तरीको छिन्नमस्ता गाउँपालिकाका शिक्षक/कर्मचारीले तलब पाउन सकेका छैनन् ।
विद्यालयमा कार्यरत शिक्षकलाई असारयता र अरु कर्मचारीले सात महिनादेखि तलब पाउन नसकेको गुनासो छ । तलब तत्काल पाउनुपर्ने माग राखेर झण्डै दुई सय शिक्षक/कर्मचारीले गाउँपालिकाकाे कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।
गाउँपालिका अन्तर्गत रहेका विद्यालयका शिक्षक, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, कृषि, पशु सेवालगायतका कर्मचारीले गाउँपालिकाकाे केन्द्र रहेको छिन्नमस्ता बजार क्षेत्रमा परिक्रमा गरी कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
आन्दोलनरत कर्म...