मुगुको छायाँनाथ रारा नगरपालिकाको शिक्षक खाजा भत्ता कार्यक्रम

मुगुको छायाँनाथ रारा नगरपालिकाले शिक्षकलाई दैनिक खाजा भत्ता दिने भएको छ । नवौं नगरसभाले पारित गरेको नीति तथा कार्यक्रममा नगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयका शिक्षकलाई दैनिक खाजा भत्ता दिने उल्लेख छ । नगरपालिकाका प्रमुख हरिजङ्ग शाहीले शैक्षिक गुणस्तर बढाउनका लागि नगरमा सञ्चालित सामुदायिक विद्यालयका शिक्षकलाई दैनिक खाजाको भत्ताको व्यवस्था गर्न लागिएको बताए । कार्यविधि निर्माण गरेर आर्थिक वर्ष २०७८/०७९ देखि दैनिक रु एक सयका दरले शिक्षकलाई खाजा भत्ता दिइने तयारी नगरपालिकाको छ । “वर्षको १८० दिनका हिस...