नेपालगञ्जका मेयर राणाको टिप्पणीः भागबण्डामा न्यायाधीश नियुक्त हुँदा न्यायालय निरीह बन्यो

काठमाडौं। नेपालगञ्जका मेयर धवल शम्शेर राणाले न्यायालयको निष्पक्षता कमजोर र निरीह देखिएको टिप्पणी गरेका छन्। आज ट्वीट गर्दै मेयर राणाले अदालतमा भागबण्डामा न्यायाधीश नियुक्ति गर्ने परम्पराका कारण न्यायालयको निष्पक्षता कमजोर देखिएको बताएका हुन्। उनले भनेका छन्, "अदालतमा जुन दिनदेखि भागबण्डामा न्यायाधीश नियुक्ति गर्ने परम्परा बस्यो, त्यहीदेखि ओरालो लागेको न्यायालयको निष्पक्षता र स्वच्छता आज आएर अत्यन्तै निरीह, कमजोर देखिएको छ।"