महासंघको अध्यक्षमा चन्द्र ढकाल वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध

विधानअनुसार वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष बनेका ढकालले गरे शपथग्रहण  दोस्रो चरणमा पुगेका उमेशलाल श्रेष्ठले समर्थन दिएपछि अञ्जन वरिष्ठमा निर्विरोध जिल्ला–नगरमा सुरकृष्ण वैद्य,  एसोसिएटमा ज्योत्स्ना श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित निजी क्षेत्रको...

सम्बन्धित सामग्री

सम्पादकीय: महासंघको नयाँ नेतृत्वले मनन गर्नुपर्ने मुद्दा

निजी क्षेत्रको सबैभन्दा ठूलो सञ्जाल नेपाल उद्योग वाणिज्य महासंघले नयाँ नेतृत्व पाएको छ । अघिल्लो कार्यकालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः अध्यक्ष भएका छन् भने तीन जनाबीचको प्रतिस्पर्धाबाट वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित भएका छन्, जो अर्को कार्यकालमा अध्यक्ष हुनेछन् ।

महासंघको नेतृत्वमा चन्द्र र अञ्जन

नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन भएको छ । हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः अध्यक्ष भएका छन् भने निर्वाचन प्रक्रियाबाट वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित भएका छन् । बुधबारदेखि भएको निर्वाचनबाट महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन दोस्रो चरणको निर्वाचन अगावै निर्विरोध चुनिएका हुन् । उनीहरूसँगै ६४ कार्यसमिति निर्वाचित भएको छ । महासंघको विधानअुनसार अघिल्लो कार्यकालको वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्थाबमोजिम ढकाल नयाँ अध्यक्ष बनेका हुन् ।