न्युयोर्क सिटीमा मुसाको पिसाबबाट मानिसमा लेप्टोस्पाइरोसिस नामको संक्रमणका धेरै मामिलाहरु रिपोर्ट गरिएपछि न्युयोर्क सिटीको हेल्थ एण्ड मेन्टल हाइजिन डिपार्टमेन्टले स्वास्थ्य सल्लाह जारी गरेको छ। विभागका अनुसार २०२३ मा न्युयोर्क सिटीमा लेप्टोस्पाइरोसिसका २४ वटा केसहरू रिपोर्ट गरिएको थियो, जुन अघिल्लो वर्षको तुलनामा धेरै हो। यो वर्षको पहिलो त्रैमासमा मात्र अहिलेसम्म ६ वटा त्यस्ता संक्रमणहरु भइसकेका छन् […]