नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा सात सचिव पदका लागि झण्डै तेब्बर संख्यामा रहेका नेताहरूले दावेदारी पेश गर्ने तयारी गरेका छन् । केन्द्रीय सदस्य पाउन पनि न्यूनतम रूपमा सचिवको दावी गर्नुपर्ने अवस्थाले दावेदारी पेश गर्नेहरूको संख्या बढेको हो । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनको तयारी सुरु भएसँगै एमालेको केन्द्रीय सचिवका लागि नेताहरूले आन्तरिक समीकरणको हिसाबकिताबसहित आफू निकटका नेताहरू मार्फत् आफ्नो चाहना सार्वजनिक गर्न थालेका छन् ।सचिवमा दावेदारी पेश गर्नेहरुमध्ये एक कार्