काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् । आफूले २० गते नै राजीनामा बुझाएको तर, स्वीकृत नभएको उनको भनाई छ । राजीनामाको विषयमा उनले अहिले केही नबोल्ने बताएका छन् । उनी २०७९ माघ ९ गते प्रधानमन्त्री दाहालको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त भएका थिए ।