सर्वोच्चको ऐतिहासिक दिन, सुरु भयो गोलाप्रथा

सर्वोच्च अदालतमा मंसिर १५ गते बुधबारबाट गोला प्रक्रियामार्फत पेसी तोक्ने सुरुवात भएको छ । बुधबार बिहान साढे १० बजे सर्वोच्चका न्यायाधीशहरूले गोला तानेर यसको सुरुवात गरेका छन् । सर्वोच्च अदालत स्रोतका अनुसार बुधबारबाट गोला प्रक्रिया सुरु भएको छ ।सर्वोच्चका सञ्चारविज्ञ किशोर पौडेलका अनुसार बिहान साढे १० बजे गोला तान्ने काम सकिएको छ भने कम्प्युटरमा चढाउने लगायत केही प्रशासनिक काम बाँकी रहेको छ । बिहान ११ बजेभित्र कम्प्युटरमा पेसीको प्रविष्ट गरी इजलास गठन हुनेछ । यसअघि प्रधानन्यायाधीशले पेसी तो