लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि कांग्रेसका चौधरीको दाबी पेस

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई नियुक्तका लागि नेकपा (माओवादी केन्द्र) लगायतका दलले प्रदेश प्रमुखसमक्ष आइतबार दाबी पेस गरेका छन् । माओवादी केन्द्रले लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लीला गिरीलाई दिएको समर्थन फिर्ता गरी नेपालको संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्रीमा चौधरीलाई नियुक्त गर्न माग गदै प्रदेश प्रमुख अमिक शेरचनसमक्ष निवेदन गरेका हुन् …