पूर्व डिआइजी रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीले पर्साको पोखरिया नगरपालिकामा वडा अध्यक्ष पद जितेको छ । पोखरिया नगरपालिका–९ मा वडा अध्यक्षमा सुशासन पार्टीका उम्मेदवार नौसाद आलम विजयी भएका हुन् । आलमले नेपाली कांग्रेसका उम्मेदवार रामबाबु चौहानलाई पराजित गरेका छन् । आलम ८ सय ७७ मतका साथ वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामबाबु चौहानले ६ सय ७८ मत हाँसिल गरेका छन् । पोखरीयाको मेयरमा सुशासन पार्टीबाट शंकर यादव प्रतिस्पर्धामा छन