काठमाडौँ : प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन २०७४ को पहिलो चरणमा मतदान भएका ३२ हिमाली जिल्लामा सुरु भएको मतगणनाको प्रारम्भिक परिणामले वाम गठबन्धनलाई उत्साही बनाएको छ भने लोकतान्त्रिक गठबन्धन निराश।
वाम गठबन्धनले फराकिलो अग्रता कायम गर्दैगर्दा ३७ वटा निर्वाचन क्षेत्रमा कसको विजय झण्डा गाडिने हो, स्पष्ट हुने क्रममा छ।