पोखरा । गण्डकी प्रदेशमा थप ६६ जना कोरोना संक्रमण पुष्टि भएकोछ । सोमबार गरिएको परिक्षणमा पोखरा महानगरपालिकामा ४५ जनासहित गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा थप ६६ जनामा कोरोना संक्रमित भेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पोखरास्थित लाइफ केयर एण्ड डाइग्नोस्टिक प्रालीमा गरिएको परिक्षणमा ३८ जना, क्षयरोग उपचार केन्द्र पोखरामा २६ जना र मध्यविन्दु जिल्ला अस्पताल नवलपरासी पुर्वमा गरिएको परिक्षणमा २ जनामा संक्रमण भेटिएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा.विनोद विन्दु शर्म