काठमाडौँ। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमलाई निर्वाचन बिथोल्ने षड्यन्त्र भएको आरोप लगाएका छन्। नागरिकता विधेयक राष्ट्रपतिले दोस्रो पटक पनि प्रमाणीकरण नगरेपछि बुधबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उपमहासचिव पुनले राष्ट्रपतिको पछिल्लो कदमले निर्वाचन विधोल्नसक्ने बताए हुन्।