तयार रहनुस्, इमर्जिङ्ग नेपालले जारी गर्दैछ ५ लाख ५५ हजार ६०० कित्ता बराबरको आईपीओ

 इमर्जिङ्ग नेपाल लिमिटेडले सर्वसाधारणका लागि साढे ५ लाख कित्ता बराबरको साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रति कित्ता एक सय रुपैयाँ अंकित कुल ५ लाख ५५ हजार ६०० कित्ता साधारण शेयर निष्कासन गर्ने भएको हो । शुक्रवार लिमिटेडले एन आई सी एशिया क्यापिटल लिमिटेडलाई आफ्नो शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।