सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य

सरकारले सार्वजनिक खरिद ऐन संशोधन गरेरै भए पनि स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सुरक्षा निकाय, विद्यालय र स्वास्थ्य संस्थाले अनिवार्य स्वदेशी उत्पादन किन्नुपर्ने व्यवस्थालाई थप प्रभावकारी गर्न लागेको जानकारी दिए । “हामीले सार्वजनिक खरिद एन संशोधन गरेर स्वदेशी उत्पादनलाई अनिवार्य गर्न खोजेका छौं,” निजी क्षेत्रका प्रतिनिधलाई ईंगित गर्दै उनले भने, “तपाईंहरू उत्पादन बढाउनुस् र थप सुविधा लिएर आयात प्रतिस्थापनमा सहयोग गर्नुस् ।”