सप्तरीको दिघवा स्वास्थ्य चौकीका प्रमुख मिथिलेश यादवले ‘३ महिनादेखि स्वास्थ्य चौकीमा जीवन जल, सिटामोल र रूघाखोकीको औषधि छैन । कार्यालयमा औषधि बेगर बस्नुपर्दा लाजै भयो’ भन्दै त्यहाँ पुग्ने बिरामीलाई रित्तै फर्काउन थालेका छन् । उनका अनुसार स्वास्थ्य चौकीमा शितलहरका बेला विपन्न र गरिब ठूलो संख्यामा औषधी लिन आउँछन् ।