उपेन्द्र भर्सेस महन्थ : मधेसमा को बलियो ? पत्तासाफ गर्ने दुबैको दाबी

अध्यादेश आएपछि फुटेका नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच सार्वजनिक फोरमहरुमा चर्को भनाभन भइरहेको छ । तर, त्यही अध्यादेशबाट फुटेका जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी (लोसपा) का नेताहरु भने कम्युनिस्टहरुजस्तो चर्चामा छैनन् । सम्भवतः सानो पार्टी भएकाले पनि जसपा र लोसपाको झगडा उत्तिसाह्रो मिडियामा नआएको हो ।मिडियामा चर्चा नभए पनि खासगरी प्रदेश २ मा जसपा र लोसपाको झगडा ओली र माधव नेपालको भन्दा कम छैन । एकले अर्को समूहलाई पत्तासाफ हुने र क्लिन स्वीप हुनेसम्मका दाबी जसपा र लोसपाका