धनुषा प्रहरीको हिरासत फोडेर भागेका थप ३ थुनुवा पक्राउ
७ असोज, जनकपुरधाम। धनुषा प्रहरीको हिरासत फोडेर भागेका थप तीन थुनुवा पक्राउ परेका छन् ।
लागूऔषध मुद्दाका जनकपुरधाम उपमहानगरपालिका २१ रुपैठाका अमितकुमार झा, धनुषाको विदेह नगरपालिका ७ गिद्धाबेलापट्टीका २६ वर्षीय रञ्जित मण्डल र अभद्र व्यबहार मुद्दाका …
वीरगञ्ज । धनुषा जिल्लाको महेन्द्रनगर ईलाका प्रहरी कार्यालयको हिरासत फोडेर लामो समयदेखि फरार एक थुनुवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–७ का ३६ वर्षीय शंकर महतो छन् । उनलाई शनिबार राति पर्साको वीरगन्ज महानगरपालिका–१६ इनर्वास्थित भन्सार हुँदै लुकीछिपी नेपालबाट भारततर्फ भाग्ने क्रममा पक्राउ गरिएको हो । गत माघ १२ गते उनी हातहतियार […]
काठमाडौं : धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट फरार भएका ६ जना थुनुवामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको पर्खाल फोडेर हिजो बिहान ६ जना थुनुवा फरार भएका थिए। हिरासत कक्षबाटै थुनुवाहरू फरार भएपछि जिल्ला प्रहरी कार्यालय धनुषा र मधेस प्रहरी कार्यालयको संयुक्त टोलीले सर्च अपरेसन टोली खटाएर खोजी तीव्र पारेको छ।
सर्च टोलीले मिथिला नगरपालिका–६ का २८ वर्षीय रोशन महतोलाई हिजो बेलुकी पु...