स्वास्थ्य बिमा कार्यक्रमको समस्या तत्काल हल गर्न सरकारलाई संसदीय समितिको निर्देशन

संसदीय समितिले स्वास्थ्य बिमा कार्यक्रममा देखिएको समस्या तत्काल हल गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले मन्त्रिपरिषद्‌मामा प्रस्ताव लगेर भए पनि बिमा कार्यक्रम कार्यान्वयनमा देखिएको समस्या तत्काल हल गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।