काठमाडौं, पुस १४ । दुई महिनायता नेपालको पश्चिमी भूभागमा साना भूकम्प आउने–जाने चलिरहेको छ। एउटै जिल्लाका दुई–तीन स्थान इपिसेन्टर भएर दिनकै तीनभन्दा बढी भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। बुधबार मात्र बागलुङमा छुट्टाछुट्टै केन्द्रबिन्दु भएर लगातार तीनवटा भूकम्प गएको छ। बिहान १ बजेर २३ मिनेट जाँदा बागलुङको अधिकारीचौर आसपास केन्द्रबिन्दु भएर […]