चार थान रेडपाण्डाको छाला सहित दुईजना प्रहरी कार्यालय सहयोगी र एकजना सेनाका हवल्दारलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । काठमाडौँको गोङ्गबुबाट रेड पाण्डाको छाला बेच्दै लागेको अवस्थामा ४ जनालाई पक्राउ गरिएको महाशाखा एसएसपी चन्द्रकुवेर खापुङले रातोपाटीलाई बताए ।पक्राउ पर्नेमा नेपाली सेनाका हवल्दार निर बहादुर घले, प्रहरी कार्यालय सहयोगीहरू मोहन कर्ण कार्की र कृष्ण तामाङ छन् । कारोबारमा संलग्न सुरेश गिरीलाई पनि महाशाखाले नियन्त्रणमा लिएको छ । महाशाखाका एकजना प्रहरी अधिकृतका अनुसार