कानुनमन्त्रीलाई वरिष्ठ अधिवक्ताहरुको आग्रह- संक्रमणकालीन न्यायबारे विश्वासको संकट निवारण गरियोस्

काठमाडौँ- कानुनमन्त्री गोविन्द बन्दीलाई अधिवक्ता तथा सरोकारवालाले संक्रमणकालीन न्याय प्रक्रियाका सम्बन्धमा विकसित भएको विश्वासको संकट निवारण गर्न आग्रह गरेका छन्। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी,अधिवक्ताहरू ओमप्रकाश अर्याल, इन्द्रप्रसाद अर्याल, महामुनिश्वर आचार्य, बद्री प्रसाद भुषाल र एम्नेष्टी इन्टरनेसलनका पूर्वअध्यक्षद्वय राजन कुईंकेल र सूर्यबहादुर अधिकारीले आइतबार मन्त्री बन्दीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग राखेका हुन्। सर्वोच्च अदालतले सशस्त्र द्वन्द्वका […]