काठमाडाैँ । भारतले टी–२० महिला एसिया कप क्रिकेटको उपाधि जितेको छ । बंगलादेशको सिलहटमा आज भएको फाइनल खेलमा भारतले श्रीलंकालाई ८ विकेटले हराएको हो । श्रीलंकाले ९ विकेट गुमाएर दिएको ६६ रनको लक्ष्य भारतले २ विकेट गुमाएर ६९ बल बाँकी छँदै भेट्टायो । भारतको जितका लागि स्मृति मन्धनाले नटआउट ५१ रन बनाइन् । कप्तान हरमनप्रीत […]
काठमाण्डाै - बङ्गलादेशमा आउँदो असोज १५ अर्थात अक्टोबर १ तारिखदेखि सुरु हुने महिला एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।
टी–२० महिला एसिया कप क्रिकेटको पहिलो दिनको खेलमा आयोजक बङ्गलादेश र थाइल्यान्ड तथा भारत र श्रीलङ्का खेल्ने छन् । प्रतियोगितामा आयोजक बङ्गलादेशसहित भारत, श्रीलङ्का, पाकिस्तान, यूएई, थाइल्यान्ड र मलेसिया सहभागी हुनेछन् ।
अक्टोबर १५ तारिखसम्म चल्ने प्रतियोगितामा २४ खेल हुनेछन् । यो प्रतियोगिताको सबैभन्दा सफल टोली भारत हो । भारत ६ पटक च्याम्पियन बनेको छ ।