पेसाले शल्यचिकित्सक । २५ वर्ष भयो यही क्षेत्रमा सक्रिय छु । चिकित्सकका रूपमा सुरुवाती केही वर्ष अमेरिका र क्यानडामा काम गरेर अनुभव सँगालेँ । त्यहाँबाट फर्किएपछि पछिल्लो २१÷२२ वर्षदेखि नेपालमै छु । अझ भनौं, सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको सुरुवाती अवस्थादेखि यहीँ छु ।बच्चादेखि वयस्कहरूको मुटुको उपचार गरेँ, गर्दैछु । त्यसैले मेरो चिकित्सकीय पृष्ठभूमि मुटु हो । सरकारी सेवाबाट निवृत्त भएपछि पनि मैले मुटुकै क्षेत्रमा केही गर्छु भन्ने धेरैको अपेक्षा थियो । केही वर्षअघि बालबालिकाका