कोरोनाको भ्याक्सिन ल्याउन अवरोध गर्नेलाई कारबाही गरियोस्: नेपाल

काठमाडौँ । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले कोरोनाको भ्याक्सिन खरिदमा कमिसन नमिलेका कारण देशभित्र ल्याउन अवरोध गर्नेलाई कारबाहीको माग गरेका छन् । आज उनले एक अपिल जारी गर्दै त्यस्तालाई कानुनी दायरामा ल्याएर तत्काल कारबाही गर्न सरकारसँग माग गरेका छन् । कमिसन नमिलेका कारण भ्याक्सिन ल्याउन अवरोध गर्नु मानवताविरोधी र अपराध भएको उनको ठहर रहेकाे छ […]

सम्बन्धित सामग्री

संक्रमण बढेसँगै काठमाडौंमा कडाइ

काठमाडौं । कोरोना संक्रमण ह्वात्तै बढेसँगै काठमाडौंमा सरकारले कडाइ गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै १८ बुँदे निर्देशन जारी गर्दै कडाइ गरेको हो । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) को सिफारिश एवं गृह मन्त्रालयको निर्णयअनुसार मंगलवार राति १२ बजेदेखि लागू हुनेगरी आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । अब काठमाडौंमा चल्ने सावरीसाधनले स्वीकृत सीट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने भएका छन् भने मास्क नलगाएकाले सार्वजनिक सवारीसाधन चढ्न पाउने छैनन् । त्यस्तै चालक र सहचालकले अनिवार्य मास्क र पन्जा लगाउने र अनिवार्य रूपमा सवारीसाधन दैनिक स्यानिटाइज गर्नुपर्ने आदेश जिल्ला प्रशासन कार्यालयले जारी गरेको छ । सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै मानिस उपस्थित हुने गरी प्रशासनिक तथा सामाजिक एवं यस्ता प्रकृतिका कार्यक्रम नगर्न भनेको छ । अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर मात्र स्वास्थ्य मापदण्डको पालना गर्ने व्यवस्था मिलाउन भनिएको छ । २५ जनाभन्दा बढी मानिसको उपस्थिति हुने गरी कुनै पनि किसिमको मेला, भेला तथा महोत्सवहरू एवं सामाजिक कार्यहरू नगर्न प्रशासनले जारी गरेको आदेशमा भनिएको छ । सार्वजनिक स्थानहरू कार्यालय, होटेल, रेस्टुराँ, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्कमा प्रवेश गर्दा यही माघ ७ गतेदेखि कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) साथमा राख्ने र यस्ता सबै निकायहरूले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था गर्न आदेश जारी गरेको छ । यही माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने, जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गरी सार्वजनिक स्थानहरूमा निःशुल्क एन्टिजेन टेस्ट बुथहरू स्थापना गर्ने र नियमित परीक्षण गर्ने, गराउने, जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहसँगको समन्वयमा सबै विद्यालयका १२ देखि १७ वर्ष उमेरसमूहका विद्यार्थीहरूलाई अनिवार्य रूपमा १ हप्ताभित्र कोभिडविरुद्धको खोप लगाइसक्ने गरी कार्यतालिका बनाई कार्यान्वयन गर्ने, गराउने जारी आदेशमा उल्लेख छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिशमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सूचना बमोजिम २०७८ पुस २७ देखि २०७८ माघ १५ गतेसम्म भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन नगर्ने, नगराउने र पूर्वनिर्धारित सेमेस्टर र वार्षिक परीक्षाहरूको स्वास्थ्य मापदण्ड पालना हुने गरी जेड आकारमा बसाइ सञ्चालन गर्नुपर्ने निर्णय गरेको छ । सार्वजनिक सेवा प्रवाहमा सेवाग्राहीको बढी चाप हुने कार्यालयहरू जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, यातायात व्यवस्था कार्यालय, आन्तरिक राजस्व कार्यालय, बैंक तथा वित्तीय संस्थामा भीडभाड नहुने उपयुक्त तरीका सम्बद्ध कार्यालय प्रमुखले अवलम्बन गरी, गराई स्वास्थ्य मापदण्डको पालना हुने गरी सेवा प्रवाहको प्रबन्ध मिलाउनेजस्ता आदेश प्रशासनले जारी गरेको छ ।  जिल्लाभित्रका सरकारी, निजी स्वास्थ्य संस्था र स्थानीय तहले विगतमा सञ्चालन गरेका कोभिड–१९ उपचार केन्द्र तथा आइसोलेशन केन्द्रलाई सुदृढ गरी सञ्चालनमा ल्याउन दुरुस्त अवस्थामा राख्ने, अक्सिजनको आपूर्ति सहज बनाउन कोभिड–१९ को दोस्रो लहरको समयमा प्रयोगमा आएका अक्सिजन सिलिन्डरहरू यथाशीघ्र सम्बद्ध अस्पताल, उद्योग वा स्थानीय तहमा हस्तान्तरण गर्ने, औषधिलगायत अत्यावश्यक वस्तु तथा सेवाको आपूर्तिमा कृतिम अभाव सृजना गर्ने, मूल्य वृद्धि गर्ने, लुकाउने, सहज आपूर्तिमा अवरोध गर्ने, उपर कानूनबमोजिम कारबाही गरिने जारीमा आदेशमा उल्लेख छ । काठमाडौं उपत्यकामा मंगलवार मात्रै थप १ हजार २ सय ८६ जना कोरोना संक्रमित देखिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ९८०, ललितपुरमा २२१ र भक्तपुरमा ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।