काठमाडौं, १२ मंसिर । आम जनता पार्टीको स्थायी कमिटीको पूर्ण बैठकले वर्तमान व्यवस्थाको खारेज गरी अन्तरिम सरकार गठन गर्नुपर्ने निचोड निकालेको छ । आजपाका अध्यक्ष प्रभु साहको अध्यक्षतामा हिजो र आज बसेको बैठकले देशमा विद्यमान जटिल परिस्थिति एवं संकटको निकासको लागि वर्तमान व्यवस्थाको खारेजी तथा अन्तरिम सरकार गठनको निचोडसहित विभिन्न छ बुँदे निर्णय गरेको छ […]