पोखरा महानगरको कार्यपालिकाले बुधबार पूर्णता पाउँदैछ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार कार्यपालिकाको निर्वाचन तोकेको छ । संविधानतः पोखराको कार्यपालिकामा ८ जना नयाँ सदस्य थपिनेछन् । ५ जना महिला सदस्य र ३ जना दलित तथा अल्पसंख्यक समुदायबाट सदस्यका रूपमा निर्वाचित हुनेछन् । उनीहरूलाई यसअघि निर्वाचित भएका नगरसभा सदस्यहरूले मतदान गर्नेछन् ।३० वैशाखको को निर्वाचन अनुसार पोखराको नगरसभामा एमालेको एकल बहुमत छ । १ सय ६७ सदस्यमध्ये एमालेको उपमेयर सहित ८७ सदस्य छन् । मेयरसहित गठबन्धनका ८१ जना मतदाता