विदेशबाट ९ करोड रुपैयाँको बदाम आयात

चालू आर्थिक वर्षको २ महिनाको अवधिमा विदेशबाट ९ करोड ७४ लाख रुपैयाँको बदाम आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौ महिना गरी २ महिनामा उक्त मूल्य बराबरको बदाम आयात भएको हो ।यस अवधिमा ९ करोड रुपैयाँभन्दा बढीको २ लाख ५६ हजार किलोग्राम बदाम आयात भएको जनाइएको छ । नेपालमा आयात हुने बदाम भारत र अमेरिकाबाट आउने गरेको छ । यस अवधिमा भारतबाट १ लाख ९८ हजार रुपैयाँको बदाम आयात हुँदा अमेरिकाबाट ९ करोड ७२ लाख रुपैयाँको बदाम भित्रिएको विभागले जनाएको छ । 

सम्बन्धित सामग्री

२८० हजार टन तेलहन बाली उत्पादन

काठमाडौं । नेपालमा वर्षेनि २ लाख ८० हजार मेट्रिक टन हाराहारी तेलहन बाली उत्पादन हुने गरेको सरकारी तथ्यांकले देखाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार आर्थिक वर्ष (आव) २०७७/७८ मा मुलुकभर २ लाख ५९ हजार १ सय हेक्टर जमीनमा तेलहन बालीको खेती गरिएको थियो । त्यसबाट २ लाख ८७ हजार ३८ मेट्रिक टन तेलहन बाली उत्पादन भएको हो । मन्त्रालयको तथ्यांकमा तोरी, सस्र्यु, रायो, सूर्यमुखी, बदाम र झुसेतिलसहितका तेलहन बालीको तथ्यांक समावेश गरिएको छ । पछिल्लो ३ आवको तथ्यांक हेर्दा सबैभन्दा बढी उत्पादन आव २०७७/७८ मा भएको देखिन्छ । त्यसअघि आव २०७६/७७ मा २ लाख ५८ हजार १ सय ४१ हेक्टर जमीनमा तेलहन बालीको खेती थियो । त्यसबाट २ लाख ७८ हजार ३ सय २५ मेट्रिक टन तेलहन बाली उत्पादन भएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । त्यसैगरी आव २०७५/७६ मा २ लाख ६० हजार ३ सय हेक्टर जमीनको खेतीबाट २ लाख ८० हजार ५ सय ३० मेट्रिक टन उत्पादन भएको तथ्यांक छ । मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार नेपालमा उत्पादन हुने तेलहन बालीमध्ये उत्पादन तथा क्षेत्रफलका हिसाबले सबैभन्दा बढी तोरी छ । कुल तेलहन बाली उत्पादनमा तोरीको अंश ७७ प्रतिशत रहेकाले यो पहिलो स्थानमा छ । त्यसैगरी झुसेतिलले तेलहन बालीको १ प्रतिशत अंश मात्रै ओगट्ने भएकाले अन्तिम स्थानमा छ । नेपालमै यस्ता तेलहन बाली उत्पादनको उच्च सम्भावना हुँदाहुँदै स्वदेशी आवश्यकता धान्न वर्षेनि विदेशबाट ठूलो परिमाणमा खानेतेल आयात बढेको तथ्यांकले देखाएको छ । तेलहन बाली हिउँदमा लगाइने भएकाले उक्त समयमा सिँचाइको समस्यालगायत मल र उच्च प्रतिफल दिने बीउको अभावमा अझै पनि किसानले ठूलो स्केलमा तेलहन बालीको खेती गर्न नसकेको उनले बताए ।

करका दर हेरफेरले महँगिन्छन् यी सामान

काठमाडौं । सरकारले सामयिक कर असुल ऐन २०१२ ले दिएको अधिकारअन्तर्गत बजेटसँगै जारी गर्ने आर्थिक आदेशमार्फत भन्सार र अन्त : शुल्कका दरमा गरेको हेरफेरबाट कैयौं वस्तुको मूल्य बढ्ने भएको छ । भन्सार र अन्त : शुल्क दरमा गरिएको हेरफेरबाट मूल्य बढ्ने वस्तुमा उच्च वर्गले प्रयोग गर्ने विलासी सामानदेखि सामान्य मानिसले खाने बिस्कुटसम्म छन् । सरकारले उसलाई कर असुल गर्ने अधिकार दिने आर्थिक विधेयक संसद्बाट पारित नहुँदै उक्त विधेयकमा प्रस्तावित कर असुलीका लागि आर्थिक आदेश जारी गर्ने गर्छ । यसपालि पनि सरकारले बजेटकै दिन जारी गरेको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्ने विधेयक संसद्बाट पारित भइसकेको छैन । तर, अर्थमन्त्रीले बजेटमार्फत प्रस्ताव गरेको भन्सार, अन्त : शुल्क, कृषि सुधार शुल्कजस्ता कर र शुल्कहरू जेठ १५ बाटै असुल्न थालिसकेको छ । यसो गर्ने बाटो मन्त्रिपरिषद्बाट पारित भएको आर्थिक आदेशले खोलेको हो । यो आदेशको अवधि ६ महीना हुन्छ । त्यस अवधिमा संसदबाट आर्थिक अध्यादेश पारित भइसक्छ । सरकारले केराउ र सुपारीको भन्सार महसुल बढाएको छ । चुरोट र सुर्तीजन्यमा भन्सार दोब्बर बनाएको छ भने अन्तस्शुल्क दर पनि बढाएको छ । धातु, स्ल्याग खरानीको भन्सार दर पनि बढाएको छ । यसले यी वस्तुको मूल्य बढ्नेछ । पेट्रोलियम कोक, बिटुमिन र खनिज तेलका अवशेषको भन्सार दर घटाइएको छ । यी वस्तुहरू सस्तिन सक्छन् ।  वेफर, बिस्कुटको अन्त : शुल्क बढाइएको छ । नरिवल, ओखर, काजु, पेस्ताजस्ता ड्राई फ्रुट्सको मूल्य पनि बढ्नेछ । मरीच, खुर्सानी, पान कत्था, आयातित मासु, ससेज, चकलेट, चुइंगम, डिब्बाबन्द फलफूल, बदाम, कफी, चिया, पान मसला पनि बजेटपछि मूल्य बढ्नेमा परेका छन् ।  आयातित भिनेगरको भाउ पनि बढ्नेछ । त्यसैगरी, शृंगारका सामान, क्रिम, पाउडर, पफ्र्युम, लिपस्टिक, पालिस, साबुन, सेम्पु, कपालमा हाल्ने तेल, बडी लोसन, सेभिङ क्रिमको अन्तस्शुल्क र भन्सार महसुल दुवै बढाइएको छ । त्यसैगरी प्लास्टिक र प्लास्टिकको सामानको पनि करको दरमा गरिएको हेरफेरका कारण भाउ बढ्नेछ । काठ र छालाका सामान, भुइँमा ओछ्याउने टायल, कार्पेट, डोरम्याट, पाउपोश, सेरामिक्सका सामान, ग्लासवेयर पनि महँगिनेछ । टेलिभिजनको भाउ पनि बढ्नेछ । टेलिभिजनमा ४८ इन्चसम्मलाई २० प्रतिशत त्योभन्दा माथिलाई ३० प्रतिशत भन्सार लगाइएको छ ।  आयातित माछा र सीफुड, दूध, नौनी, फ्लोरिङ, ट्वाइलेट पेपर, टिस्यू, प्याकिङका झोला बोरा, क्यानभास जुत्ता, छाता, काठको धूलो, सिमेन्ट र विभिन्न बाइन्डिङ केमिकल प्रयोग गरेर तयार पारिएको बोर्ड, काठका फल्याक, कर्कट पाताको पनि भाउ बढ्नेछ । त्यसैगरी दारी काट्ने औजारको पनि भाउ बढ्नेछ । चुरोट र सिगार, बियर, ह्विस्की पनि महँगिने छ । आयातित वाइनमा लाग्ने अन्त : शुल्क र भन्सार दर भने चलाइएको छैन । डन्डी उद्योगको कच्चा पदार्थदेखि २५० सीसीभन्दा बढी क्षमताका मोटरसाइकलसम्मको भाउ बढ्छ ।  सरकारले २५० देखि ५०० सीसीसम्म क्षमताका मोटरसाइकल आयातमा लाग्ने अन्त : शुल्क ६० बाट ८० प्रतिशत पुर्‍याएको छ । यो क्षमताका मोटरसाइकलको भन्सार महसुल पनि बढाइएको छ । यसअघि ३० प्रतिशत रहेको भन्सार महसुल बढाएर ४० प्रतिशत कायम गरिएको छ ।  ५०० सीसीभन्दा माथि ८०० सीसीका मोटरसाइकलको भन्सार महसुल ४० प्रतिशत बिन्दुले बढाइएको छ । यसअघि ३० प्रतिशत भन्सार लाग्ने यो क्षमताका मोटसाइकलमा ७० प्रतिशत भन्सार लाग्न थालेको छ । यसको अन्तस्शुल्क भने ८० बाट बढाएर ९० प्रतिशत कायम गरिएको छ । ८०० सीसीभन्दा बढी क्षमताका मोटरसाइकलको अन्त : शुल्कलाई यथावत् राखेर ३० प्रतिशत लाग्ने भन्सार महसुल ८० प्रतिशत पुर्‍याइएको छ । अन्त : शुल्क र भन्सारका दरमा गरिएको हेरफेरबाट अधिकांशले चढ्ने २५० सीसीदेखि ५०० सिसीसम्मका मोटरसाइकलको मूल्य २० देखि २५ हजार रुपैयाँसम्म बढ्ने सम्बद्ध व्यवसायी बताउँछन् ।  त्यसैगरी १०० देखि २०० किलोवाटसम्म पिकपावरका विद्युतीय सवारीसाधनको भाउ बढ्ने भएको छ । यी साधनमा लाग्ने भन्सार महसुल दर १५ बाट शतप्रतिशत बढाएर ३० प्रतिशत गरिएको छ । अहिले अन्त : शुल्क नलाग्ने यी वाहनमा ३० प्रतिशत अन्त : शुल्क लगाइएको छ । त्यसैगरी, २०० देखि ३०० किलोवाटसम्म पिकपावरका विद्युतीय गाडीको भन्सार महसुल ३० बाट ४५ प्रतिशत कायम गरिएको छ । यी यो क्षमताका वाहनमा लाग्ने ४५ प्रतिशतका दरले अन्तस्शुल्क लगाउन थालिएको छ । ३०० किलोवाटभन्दा बढी पिकपावर भएका विद्युतीय सवारीसाधनमा लाग्ने भन्सार दर ४० बाट बढाएर ६० प्रतिशत कायम गरिएको छ । यसअघि नलाग्ने अन्तस्शुल्क अब ६० प्रतिशतका दरले लाग्न थालेको छ ।  अन्तस्शुल्क र भन्सार दरबन्दीमा गरिएको हेरफेरबाट एमजीको मूल्य २० र हुन्डाई आयोनिक–५ को मूल्य २५ लाख रुपैयाँसम्मले महँगिने व्यवसायी बताउँछन् ।   त्यसैगरी, फलामे डन्डी उत्पादनमा प्रयोग हुने बिलेटमा लाग्ने अन्तस्शुल्क बढाइएकाले डन्डीको भाउ माथि उक्लिनेछ । बिलेटमा लाग्ने अन्तस्शुल्क प्रतिमेट्रिक टन १६५० बाट २५०० रुपैयाँ पुर्‍याइएको छ ।  अन्तस्शुल्क व्यापक बढाइएको अर्को वस्तु ७२१३ उपशीर्षकको फलाम हो । यसमा लाग्ने अन्तस्शुल्क प्रतिटन २५०० रुपैयाँबाट ४५०० रुपैयाँ कायम गरिएको छ । उपशीर्षक ७२१६ अन्तर्गतका फलामको अन्तस्शुल्क तेब्बर बनाइएको छ । जेठ १५ सम्म २५०० प्रतिमेट्रिक टन अन्तस्शुल्क लाग्ने यी वस्तुमा १६ गतेबाट ७५०० प्रतिटनका दरले अन्तस्शुल्क लाग्नेछ ।  एचएस कोड ७३१२ को विद्युतीय अवरोधक नभएको, फलाम वा इस्पातको बाटिएको तार, डोरी, केबुल, प्लेटेड फित्तको र त्यस्ता सामानको अन्तस्शुल्क २५ सय प्रतिटनबाट बढाएर १० हजार रुपैयाँ कायम गरिएको छ ।  ७३१४ अन्तर्गतको फलाम वा इस्पातको जाली, ग्रीलको अन्तस्शुल्क पनि प्रतिटन २५ सयबाट १० हजार रुपैयाँ कायम गरिएको छ । इँटा आकार (इगनट) को वा अन्य प्रारम्भिक रूपको फलाम र अमिश्रित इस्पातमा प्रतिटन ३५ सयका दरले अन्त : शुल्कलगाइएको छ । उपशीर्षक ७२०६ अन्तर्गतका यी वस्तुमा यसअघि अन्तस्शुल्क थिएन । ७२०७ अन्तर्गतको फलाम वा अमिश्रित इस्पातका अर्ध तयारी उतपादनमा लाग्ने अन्त : शुल्क प्रतिमेट्रिक टन २५ सयबाट ३५ सय रुपैयाँ कायम गरिएको छ । ७२०९ को ६०० मिलिमिटर वा सोभन्दा बढी चौडाइ भएको जलप नलगाइएको कोल्डरोल्ड फलामको अन्तस्शुल्क २२ सय प्रतिटनबाट ४५ सय रुपैयाँ बनाइएको छ ।  ढलान तारका रूपमा चिनिने तयारी बाइन्डिङ वायरको भन्सार १० बाट ३० प्रतिशत बनाइएको छ । यो पनि विदेशबाट आयात हुनेका लागि बढी तिर्नुपर्नेछ ।

आयातमा थप कडाइ

काठमाडौं । बढ्दो शोधनान्तर घाटासँगै विदेशी मुद्राको सञ्चितिसमेत घट्दै गएपछि नेपाल राष्ट्र बैंकले विदेशबाट सामान आयातमा थप कडाइ गरेको छ । बुधवार बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै बैंकहरूमा प्रतीतपत्र (एलसी) खोल्दा आयातकर्ताले शतप्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने सामानहरूको संख्या बढाएको छ । पुस पहिलो साता निर्देशन जारी गर्दै राष्ट्र बैंकले विभिन्न सामानको आयातमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । सो निर्देशनअनुसार हाल बियर, वाइनलगायत मदिराजन्य, सुर्तीजन्य पदार्थ, चाँदी, सुन, काठमा फर्निचर चिनी तथा मिठाइजन्य वस्तु, मिनरल वाटर, इनर्जी ड्रिंक, नेल पोलीस बडी लोसन फेस क्रिमलगायत शृंगारका सामान, टोपी, जुत्ता, छाता, निर्माणका मार्बल, टायल्सलगायत सामान आयात गर्न शतप्रतिशत मार्जिन राख्नुपर्ने प्रावधान छ । बुधवारको निर्देशनअनुसार अब ओखर, बदाम, केरा, चुरोट, केक, हाते ब्याग, घडी, सवारीसाधनका सीट र पेन्टिङ तथा ड्रइङका वस्तु आयात गर्नसमेत शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने भएको छ । यसैगरी मोटरसाइकल तथा स्कूटर आयात गर्दा ५० प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था रहेकोमा अब उनी धागो, तयारी कपडा, ज्याकेटलगायत तयारी पोशाक आयात गर्नसमेत ५० प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरिएको छ । नगद मार्जिन राख्न बैंकहरूले ऋण दिन पाउँदैनन् भने मार्जिन रकममा बैंकहरूले ब्याज दिन नपाउने व्यवस्था छ । घट्दो रेमिट्यान्स र उच्च आयातले गर्दा देशको वैदेशिक मुद्रा सञ्चिति घट्दै गएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामै विलासिताका सामान आयातमा निरुत्साहित गर्ने घोषणा गरेको थियो ।

तिहारमा ६३ करोडका सामान विदेशबाट, सबैभन्दा बढी भारतको

काठमाडौं : तिहारलाई लक्ष्य गरी पछिल्लो १८ दिनमा ६३ करोड रुपैयाँ बराबरका सामग्री भित्रिएको छ। भन्सार विभागको तथ्यांकअनुसार भाइटीकाको दिनलाई चाहिने बदाम, नरिवल, ओखर, स्याउ, किसमिस, काजु, सुन्तला र केरालगायत फलफूल आयात भएको हो।  यी सामग्री भारत, चीन, पाकिस्तान, थाइल्यान्ड, इन्डोनेसिया, अमेरिका, क्यानडाबाट ...