काठमाडौँ,३० असार । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–१२ का धनमाया आलेको उपचारका लागि विदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । वैदेशिक रोजगारीका लागि युनाइटेड अरब इमिरेटस् (युएई) को दुबईमा रहेका नेपालीहरुले मिर्गौला पीडित आलेलाई रु एक लाख ६३ हजार आर्थिक सहयोग गरेका हुन् । दुबईबाट सुरेश लामाको नेतृत्वमा रु एक लाख १६ हजार र वीरतासिंह गुरुङको […]
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–१२ का धनमाया आलेको उपचारका लागि विदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । वैदेशिक रोजगारीका लागि युनाइटेड अरब इमिरेटस् (युएई) को दुबईमा रहेका नेपालीहरुले मिर्गौला पीडित आलेलाई रु एक लाख ६३ हजार आर्थिक सहयोग गरेका हुन् । दुबईबाट सुरेश लामाको नेतृत्वमा रु एक लाख १६ हजार र वीरतासिंह गुरुङको नेतृत्वमा रु ४७ हजार आलेलाई सहयोग उपलब्ध भएको अभियन्ता राजेन्द्रसिंह ठकुरीले जानकारी दिनुभयो । मिर्गौला पीडित ५० वर्षीया आलेले आर्थिक अवस्था
पाल्पाको रामपुर नगरपालिकाले मिर्गौला पीडित बालकलाई आर्थिक सहयोग गरेको छ । रामपुर–६ का ११ वर्षीय जङ्गबहादुर दर्जीलाई नगरपालिकाले रु ५० हजार सहयोग गरेको हो । दर्जीको घरमै पुगेर नगर प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा, वडाध्यक्ष दिवाकर देवकोटालगायतले सो रकम हस्तान्तरण गरे । समस्यामा परेका बालबालिकालाई आपत्कालीन बाल उद्धार कोषबाट आर्थिक सहयोग गरिएको आपत्कालीन सञ्चालन समितिका संयोजक एवं नगर प्रमुख थापाले बताए । पछिल्लो समय भारतमा नियमित उपचार गराउँदै आएका दर्जीलाई थप उपचार
काठमाडौँ– तनहुँ समाज हङकङका पूर्व अध्यक्ष भीमराज गुरुङले जिल्लाका एक मिर्गौंला पीडितलाई आर्थिक सहयोग गरेका छन् । दुवै मिर्गौला पीडित ऋषिङगाउँपालिका–८ पल्ट्याङका ४१ वर्षीय लुमबहादुर रिलामीलाई उनले आर्थिक सहयोग गरेका हुन् । समाजले रिमालीकोउपचारका लागि १ लाख ८२ हजार ८०० सहयोग गरेको हो ।
बाग्लुङ, १६ भदौ । मिर्गौलापीडित ताराखोला गाउँपालिका–२ अर्गलका भीमबहादुर घर्ती मगरको उपचारमा लोक सम्पदा अध्ययन अनुसन्धान अभियानले आर्थिक सहयोग गरेको छ । दुवै मिर्गौैलाले काम गर्न छोडेपछि प्रत्यारोपणको तयारीमा रहनुभएका मगरलाई अभियानमार्फत रु सात लाख १२ हजार तीन सय दुई उपलब्ध गराइएको हो । उक्त सहयोग रकम मङ्गलबार बिरामीका परिवारजनलाई हस्तान्तरण गरिएको अभियानका अध्यक्ष याम […]
तनहुँ । व्यास नगरपालिका–१ हाइस्कुलटारको नवयुवा क्लवले सोही वडा निवासी मिर्गौला पीडित आशमाया तामाङ्लाई आर्थिक सहयोग गरेको छ । क्लवका अध्यक्ष सनम तामाङ् र व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेमार्फत शुक्रबार आशमायालाई रु १६ लाख १५ हजार सहयोग गरिएको हो । क्लबले टोल विकास संस्था, आमा समूह, महिला सञ्जाल, विभिन्न संस्था, विदेशमा रहेका शुभचिन्तकबाट सो आर्थिक […]
मिर्गौला पीडित एक बिरामीलाई दक्षिण कोरियाबाट संकलन गरिएको सहयोग रकम हस्तान्तरण गरिएको छ। स्याङ्जा वालिङ–६ की २७ वर्षीय मिर्गौला पीडित हिमा भुसाल अर्याललाई सहयोग रकम हस्तान्तण गरिएको हो।
काठमाण्डौ – दुवै मिर्गौलामा समस्या देखिएका गोरखा बोर्लाङका निशान श्रेष्ठ ‘गणेश’को उपचारका लागि कतारमा कार्यरत नेपालीले आर्थिक सहयोग गरेका छन् ।
कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत नेपालीहरुले १ लाख ६५ हजार रुपैयाँ सहयोग रकम सङ्कलन गरेर पठाएको कतारबाट मोहन श्रेष्ठले जानकारी दिनु भयो ।
...
पर्सा – दुवै मिर्गौला फेल भई मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचाररत झापा गौरदाहाका शुरज शाहलाई मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) ले आर्थिक सहयोग गरेको छ ।
मिर्गौला पीडित शाहलाई अस्पतालमै एक कार्यक्रमकाबीच मेलानले ४ लाख ११ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
शाहको उपचारमा सहयोग...
गुल्मीमा एक मिर्गौला पीडितलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । शुक्रबार होटल व्यवसायी मञ्च गुल्मीले जिल्लाको कालीगण्डकी गाउँपालिका –५ फोक्सिङ्ग निवासी दुवै मिर्गौला पीडित ४० वर्षीय सरुमा सुत्पराईलाई आर्थिक सहयोग हस्तान्तरण गरेको हो । सुत्पराई विशाल फोक्सिङ होटलकी सञ्चालक हुनुहुन्छ । जिवनमरणको दोसाधमा रहनुभएकी सुत्पराई अहिले अस्पतालमा उपचाररत हुनुहुन्छ ।