संरक्षण नहुँदा संकटमा अजिगरा ताल

कपिलवस्तु– संरक्षणको अभावमा अजिगरा ताल अतिक्रमणको चपेटामा पर्दे गएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ६ र ७ मा रहेको अजिगरा ताल संरक्षण नगरिँदा संकटमा पर्दै गएको हो । ऐतिहासिक प्राकृतिक ताल संरक्षण र सम्र्वद्धनको अभावका कारण घाँसे मैदानमा परिणत हुँदै गएको छ । करिब ३० बिघा क्षेत्रफलमा फैलिएको तालमा स्थानीयले संरक्षण नगर्दा माटोले […]

सम्बन्धित सामग्री

माटो झिक्न प्रतिबन्धले कुमाल समुदायको पेशा संकटमा

विराटनगर । बाउबाजेको पालादेखि माटो निकाल्दै भाँडा बनाउने काम गर्दै आएका कुमाल समुदायले बर्जु ताल क्षेत्रबाट माटो झिक्न नपाएपछि माटोका भाँडा बनाउने पेशा संकटमा परेको छ । परम्परागत पेशा छाडेर युवाहरू वैदेशिक रोजगारीमा जान थालेका छन् भने प्रौढहरूले कृषि र अन्य व्यवसाय अपनाउन थालेका छन् । माटो नपाउनु एउटा समस्या त छ नै, माटो पाइए पनि माटोको भाँडामा आफूहरूले भन्दा बिचौलियाले बढी रकम कमाइरहेको गुनासो समेत उनीहरूको छ । कुमाल टोलका किसुन कुमाल दुई छोरी र एक छोरासहित पाँचजनाको परिवार पाल्न बिहानैदेखि माटोका भाँडा बनाउँछन् । माटोको भाँडा विक्रीबाट हुने कमाइले उनको परिवारको खर्च मुश्किलले धानेको छ । बर्जु तालभन्दा दक्षिणपट्टि रहेको कुमाल समुदायमा अहिले २५० घरपरिवार छन् । तर सबैले माटोको काम गर्दैनन् । पछिल्लो समय बर्जु ताल संरक्षण समितिले तालमा पानी जमाएर चरा संरक्षण क्षेत्र तथा पिकनिक स्पटको रूपमा प्रवर्द्धन गर्न थालेको छ । सोहीकारण ५ वर्षयता त्यस क्षेत्रको माटो निकाल्न प्रतिबन्ध लगाइएको छ । १९७० सालदेखि बसोवास गर्दै आएका कुमाल समुदायले पहिले ताल क्षेत्रबाट जति पनि माटो झिक्न पाउँथे । पछिल्लो समय माटो झिक्न लगाइएको प्रतिबन्ध र अन्य क्षेत्रको माटोबाट बनाइएका भाँडा विक्रीमा समेत समस्या भएपछि यो पेशाबाट पलायन हुनेहरू बढेका छन् । ‘पहिले माटोको भाँडाको विक्री राम्रो थियो । पछि प्लास्टिकका भाँडाले माटाका भाँडाको प्रयोग घट्दै गएको छ,’ स्थानीय जगदीश पण्डितले भने । माटोको अभाव, बजारमा बिचौलियाको प्रभाव र युवाहरू रोजगारीका लागि विदेश जान थालेपछि कुमाल समुदायको पेशा संकटमा परेको पूर्वशिक्षक तथा स्थानीय योगनारायण पण्डितले बताए । भाडा बनाउने आधुनिक मेशिन, पूँजी र बजारको अभावले कुमालेहरू परम्परागत पेशाबाट विमुख हुँदै गएको उनको ठहर छ । सहज रूपमा माटो पाउने, पूँजीको व्यवस्था हुने, सरकारले बिचौलियारहित बजारको व्यवस्था मिलाउने हो भने यही पेशाबाट कुमाल समुदाय आत्मनिर्भर हुने उनले बताए । माटो सहज रूपमा पाउन छाडेपछि किन्नुपर्दा अहिले एक ट्रली माटोको ५०० रुपैयाँ पर्छ । काँचो भाँडा पकाउन दाउराको प्रतिक्विन्टल १ हजार रुपैयाँ पर्छ । तर यसमा मेहनतको समेत हिसाब गर्दा नाफा नहुने स्थानीय रामदेव पण्डितले बताए । बर्जु गाउँपालिकाका कार्यकारी अधिकृत प्रमोद चौधरीले परम्परागत पेशा संरक्षण गर्ने राज्यको नीति नै भएकाले आफूहरूले तालको संरक्षणसँगै ताललाई कुनै असर नपुग्नेगरी कुमाल समुदायलाई नि:शुल्क माटो दिन अध्ययन गरिरहेको बताए । बर्जु गाउँपालिकाका अध्यक्ष जीवसकुमार रायले कुमाल समुदायको परम्परागत पेशाको संरक्षणका लागि गाउँपालिकाले पहल गर्ने बताए ।

संकटमा परेको मनाङको गंगापूर्ण हिमताल जोगाइँदै

लमजुङ- गंगापूर्ण ताल जोगाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले र मनाङ ङिस्याङ गाउँपालिकाले संरचना निर्माण कार्य अघि बढाएका छन् । चार करोड आठ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा जलजला-शिवशक्ति-अधिकारी जेभीले टेन्डरमार्फत भ्याटसहित दुई करोड ९५ लाख रुपैयाँमा संरक्षण कार्य अघि बढाएको छ । यसमा मन्त्रालयको ७० र गाउँपालिकाको ३० प्रतिशत बजेट हुनेछ । मनाङ ङिस्याङ गाउँपालिकाका सबइन्जिनियर […]

संकटमा परेको मनाङको गंगापूर्ण हिमताल जोगाइँदै

लमजुङ- गंगापूर्ण ताल जोगाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले र मनाङ ङिस्याङ गाउँपालिकाले संरचना निर्माण कार्य अघि बढाएका छन् । चार करोड आठ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा जलजला-शिवशक्ति-अधिकारी जेभीले टेन्डरमार्फत भ्याटसहित दुई करोड ९५ लाख रुपैयाँमा संरक्षण कार्य अघि बढाएको छ । यसमा मन्त्रालयको ७० र गाउँपालिकाको ३० प्रतिशत बजेट हुनेछ । मनाङ ङिस्याङ गाउँपालिकाका सबइन्जिनियर […]