‘दीपावलीको प्रकाशले सत्य र न्यायको मार्गमा अग्रसर रहन प्रेरणा मिलोस्’

काठमाडौं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दीपावलीको प्रकाशले सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस् भन्ने कामना गरेकी छिन्। तिहारको अवसरमा शुभकामना दिँदै उनले तिहारले नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता भ्रातृत्वको भावना अभिवृद्धिसँगै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेकी छिन्।उनले तिहार सामाजिक तथा सामुदायिक हितमा हुने कार्यलाई बढावा दिनुपर्ने भन्दै जुवातासजस्ता नकारात्मक पक्ष हटाउँदै जानुपर्ने धारणा राखेकी छिन्।