काठमाडौं । नेपालले चालू आर्थिक वर्षको ८ महीनामा ४ करोड ८८ लाख ९२ हजार रुपैयाँ बराबरको दाँत कोट्याउने सिन्का (tooth pick) आयात (import) गरेको छ । उक्त मूल्यको २ लाख ३६ हजार ४२८ किलोग्राम सिन्का आयात गरेको भन्सार विभागको तथ्यांक छ ।
गत वर्षको सोही अवधिमा भने नेपालले ६ करोड ६८ लाख ४९ हजार रुपैयाँ बराबरको दात कोट्याउने सिन्का आयात गरेको थियो । उक्त मूल्यको २ लाख ८१ हजार ६४९ किलोग्राम सिन्का नेपाल भित्रिएको थियो ।
उक्त वस्तु आयातमा सरकारले २ करोड ६ लाख १९ हजार राजस्व संकलन गरेको थियो भने यो वर्ष १ करोड ७९ लाख ४१ हजार राजस्व संकलन भएको छ ।
नेपालले चीन, थाइल्याण्ड, अस्ट्रेलिया, भुटान, डेनमार्क, भारत, इटाली, जापान, नेदरल्याण्ड्स, सिङ्गापुर, श्रीलंका, थाइल्याण्ड लगायतका देशहरूबाट दाँत कोट्याउने सिन्का आयात गर्ने गरेको छ ।