अविश्वास प्रस्तावको तयारी गरेको भन्दै माधव पक्षका सांसदलाई निलम्बन गर्ने एमालेको तयारी

काठमाडौं । सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन विपक्षीहरूलाई सहयोग गरेको भन्दै नेकपा एमालेले माधव नेपाल र झलनाथ खनाल पक्षका सांसदहरुलाई कारवाही गर्ने तयारी गरेको छ ।एमाले महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठकले उक्त निर्णय लिने ओली पक्षका नेता कर्ण थापाले जानकारी दिए ।थापाका अनुसार महाधिवेशन आयोजक कमिटीको बैठकअघि स्थायी समिति बैठकमा माधव पक्षका सांसदहरुलाई कारवाही गर्ने विषयमा छलफल भएको छ ।आइतबार १० बजेका लागि बोलाएको आयोजक समितिको बैठकअघि बालुवाटारमा स्थायी समिति बैठक बसिरहेको छ ।बैठकले माधव