नेपाली सेनाका नवनियुक्त प्रवक्ता नारायण सिलवालले सेना र पत्रकारिताको मुख्य उद्देश्य भनेको राष्ट्र र जनताको हित प्रवद्र्धन गर्ने साझा जिम्मेवारी भएको बताएका छन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आज आयोजित नयाँ प्रवक्ताको स्वागत तथा निवर्तमान प्रवक्ताको बिदाइ तथा परिचयात्मक कार्यक्रममा उनले दुवै पक्षले एकअर्काका कार्य जिम्मेवारी र प्रकृति बुझेर पारम्परिक सद्भावका आधारमा अघि बढ्न सकिने उल्लेख गरे ।प्रवक्ता सिलवालले भने, “सञ्चार जगतलाई बुझ्ने र सेनालाई हेर्ने दृष्टिकोणमा देखिने खाड