कांग्रेस सांसद उदय शम्शेर जबराले पुँजीगत खर्च घटाउन नहुने बताएका छन् । उनले बजेटमा वितरणमुखी कार्यक्रम र फजुल खर्च घटाउन अर्थमन्त्री प्रकाशशरण महतलाई सुझाव दिए । पूर्वअर्थराज्यमन्त्रीसमेत रहेका सांसद जबराले सरकार आर्थिक अनुशासनमा रहनुपर्ने पनि बताए ।