स्थानीय तहका लागि तेस्रो चरणको निर्वाचन सम्पन्न भएको भोलिपल्टै परेको संविधान दिवस तीन प्रमुख दलहरू नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका लागि निकै सुखद् हुनपुग्यो । किनभने मधेस केन्द्रित दलहरूको आन्दोलन र भारतद्वारा लगातारको असहयोगका कारण विगत दुई चरणमा रोकिएको प्रदेश २ को स्थानीय तहको निर्वाचन अपेक्षाकृत शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।