पुस्तकविहीन पुस्तकालय र विचारहीन राजनीति

राणा शासनको बेला महोत्तरी सर्लाही गोश्वारा, बडाहाकिम बस्ने तथा पञ्चायत कालमा जनकपुर अञ्चलका अञ्चलाधीशले शासन गर्ने थलो हो जलेश्वर । तर जलेश्वरको पुराना पुस्तकालय पुस्तकविहीन छ भने यस क्षेत्रको समाज, राजनीति विचारहीन अवस्थामा छ ।जलेश्वरको महिमा मण्डन कर्णाट, सेन, तिरहुत हुँदै शाह शासन कालसम्म हुँदै आएको थियो । राणाकालीन समयमा लुकेर पुस्तक पढ्नुपर्ने बाध्यता भएर होला, २००४ सालमा जलेश्वरमा राजराजेश्वरी अध्ययन मण्डल नाममा एउटा पुस्तकालय खोलियो । केही अगुवा ब्यक्तिले पुस्तकमा आधारित सामाजिक एवं राजनी